News Portal

  • पाटन क्याम्पस स्ववियु सभापतिमा जनक शाहीको उम्मेदवारी

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २८
    ६१९ पटक

    काठमाडौं – आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) बाट जनक बहादुर शाही ले सभापति पदमा उम्मेदवारी दिएका छन्। शाहीको नेतृत्वमा रहेको २१ सदस्यीय प्यानलले विधिवत रूपमा उम्मेदवारी दर्ता गराएको छ।

    उम्मेदवारी दर्तापछि शाहीले विद्यार्थीहरूबीच एकताको आह्वान गर्दै, आफ्नो टिमलाई सेवा गर्ने अवसर दिन अपिल गरेका छन्। उनले विद्यार्थीहरूको हक, अधिकार र समग्र शैक्षिक विकासका लागि आफ्नो टोली प्रतिबद्ध रहेको बताए।

    विद्यार्थी हितका कार्यक्रम अघि बढाउने प्रतिबद्धता

    शाहीका अनुसार विद्यार्थीहरूको समस्या समाधान, शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थी हितमा केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्न आफ्नो प्यानल मैदानमा आएको हो। उनले विद्यार्थीहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गर्दै, स्ववियु निर्वाचनमा आफ्नो प्यानललाई समर्थन गर्न आग्रह गरेका छन्।

    त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्ववियु निर्वाचन हुन गइरहेको छ। त्रिविका ६२ आङ्गिक क्याम्पस र १,०४० सम्बन्धन प्राप्त क्याम्पस मा एकैसाथ निर्वाचन हुने तय भएको छ।

    प्रतिकृया दिनुहोस्