News Portal

  • नेपाल इन्जिनियरिङ कलेजका शिक्षक तथा कर्मचारीलाई दुई दिने क्षमता अभिवृद्धि तालिम

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २७
    ३५९ पटक

    ललितपुर, नेपाल।  नेपाल इन्जिनियरिङ कलेजले आफ्ना शिक्षक तथा कर्मचारीहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। ललितपुरस्थित स्टाफ कलेजमा सञ्चालन भईरहेको तालिममा नेतृत्व विकास, शिक्षाशास्त्र, सूचना सञ्चार, तथा सीप विकासका विषयमा प्रशिक्षण प्रदान गरिँदै छ।

    तालिममा विशेषज्ञ प्रशिक्षक विके रमन भट्टराई, डा. नरेन्द्रविक्रम राज पनेरु, मानसि अग्रवाल, तथा प्रा.डा. बालमुकुन्द भट्टराईले सहजीकरण गरिरहेका छन्।

    कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले उक्त तालिम शिक्षक तथा कर्मचारीहरूको व्यक्तित्व तथा क्षमता विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, नेतृत्व क्षमता विकासजस्ता कार्यक्रमहरूले शैक्षिक वातावरणलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्नेछ।

    तालिममा सहभागीहरूले व्यावहारिक ज्ञान तथा सीप अभिवृद्धिको अवसर पाएको महसुस गरेका छन्। कलेज प्रशासनले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

    प्रतिकृया दिनुहोस्