News Portal

  • स्ववियु निर्वाचन : आज उम्मेदवार मनोनयन दर्ता

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २७
    ३७६ पटक

    काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया हुँदैछ। बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ।

    यसअघि, हिजो प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको मनोनयन पत्र वितरण गरिएको थियो भने विद्यार्थी सङ्गठनहरूको दर्ता प्रक्रिया सम्पन्न भएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने तय भएको छ। त्रिविका ६२ आङ्गिक क्याम्पस र १,०४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा मतदान हुनेछ।

    प्रतिकृया दिनुहोस्