News Portal

  • नेपाली कांग्रेस सभापति देउवाको भनाइ : ‘गठबन्धन २०८४ सम्म कायम रहन्छ’

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २६
    १९४ पटक

    धनगढी, सुदूरपश्चिम – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन्।

    धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले हालको सत्ता गठबन्धन २०८४ सालसम्म कायम रहने स्पष्ट पारे।

    राजतन्त्रको बारे उठिरहेका चर्चा सम्बन्धी सोधिएको प्रश्नमा देउवाले त्यसलाई केवल हल्ला मात्र भएको प्रतिक्रिया दिए। उनले भने, ‘मैले कुनै माहोल देखेको छैन, त्यो केवल हल्ला मात्र हो। हल्ला गरेर केही हुँदैन।’

    नेपाली कांग्रेस सभापति देउवा सहितका नेताहरू पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन्।

    प्रतिकृया दिनुहोस्