News Portal

  • काठमाडौंमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २६
    १२५ पटक

    काठमाडौं — आन्तरिक रोजगारी सिर्जना गर्न आवश्यक नीति तथा कानुनी सुधारका लागि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन काठमाडौंमा सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सुरु भएको यस सम्मेलनमा विभिन्न सरोकार पक्षहरू सहभागी भएका छन्।

    सम्मेलनमा रोजगारी सिर्जना गर्ने क्षेत्रहरूको संरक्षण तथा प्रवर्द्धन, वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान, र पूँजीको उपयोग, उत्पादनशील तथा मर्यादित श्रमको प्रवर्द्धन, श्रम बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने उपाय, र मर्यादित वैदेशिक रोजगारीको विकास जस्ता विषयमा विस्तृत छलफल हुने छ।

    यस सम्मेलनले वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको पुनर्गठन, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्ड सुधारका लागि रणनीतिक योजना निर्माणमा योगदान गर्ने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्