News Portal

  • मानव अधिकारको रक्षा प्रति सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २१
    ११८ पटक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानव अधिकारको रक्षा र संविधानका मौलिक हकहरूको कार्यान्वयनमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

    मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन तथा मानव अधिकार एलायन्सको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले कानुनी शासनको पालना सुनिश्चित गर्न सरकार दृढ रहेको स्पष्ट गरे। उनले मानव अधिकारका विषयमा ‘नक्कली’ बहस चलाउनेहरूप्रति कटाक्ष गर्दै वास्तविक मानव अधिकारको प्रत्याभूति गराउने सरकारको प्राथमिकता रहेको बताए।

    कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाललाई पहिलो पटक स्थापित ‘केपी शर्मा ओली मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार’ प्रदान गरिएको थियो। पुरस्कार छनोट समिति सुशील प्याकुरेलको संयोजकत्वमा गठन गरिएको थियो।

    समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, नेकपा (एमाले) नेता भानुभक्त ढकाल, नेपाली कांग्रेसका नेता दलबहादुर रावललगायतको उपस्थिति थियो।

    प्रतिकृया दिनुहोस्