News Portal

  • त्रिवि स्ववियु चुनाव : आज संघ/संगठन दर्ता, ५ चैतमा मतदान

    दोलागिरि संवाददाता२०८१ फाल्गुण १९
    १४० पटक

    ९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया आजबाट अघि बढ्दैछ। आज देशभरका क्याम्पसहरूमा अपराह्न ३ बजेसम्म संघ/संगठन दर्ता गर्ने कार्यक्रम राखिएको छ।

    निर्वाचन कार्यतालिका अनुसार, २१ फागुनमा मतदाता सूची प्रकाशित गरिनेछ भने २५ फागुनसम्म मतदाता सूचीमा दाबी-आपत्ति पेश गर्न सकिनेछ। सोही दिन दाबी-आपत्ति उपर छानबिन गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।

    २६ फागुनमा उम्मेदवार मनोनयनपत्र वितरण हुनेछ भने २७ फागुनमा प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवारहरूले मनोनयन दर्ता गर्न सक्नेछन्। सोही दिन उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।

    २८ फागुनमा उम्मेदवारीविरुद्ध दाबी-आपत्ति पेश गर्न सकिनेछ, जसको छानबिनपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ। २९ फागुन उम्मेदवारी फिर्ता लिने अन्तिम दिन तोकिएको छ, जसपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ।

    स्ववियु निर्वाचनको मतदान आगामी ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।

    प्रतिकृया दिनुहोस्