News Portal

  • प्रज्ञा ईङ्गलिस सेकेण्डरी स्कुलको वार्षिकोत्सवमा ६१ जनाले गरे रक्तदान

    दोलागिरि संवाददाता२०८१ फाल्गुण १७
    २१० पटक

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा रहेको प्रज्ञा ईङ्गलिस सेकेण्डरी स्कुलले आफ्नो ३६औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन्।

    हाल रगतको चरम अभाव भइरहेको अवस्थामा बिरामीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको प्रिन्सिपल टंक सिटौलाले जानकारी दिए। प्रज्ञा ईङ्गलिस सेकेण्डरी स्कुल चाँगुनारायण नगरपालिकाको सबैभन्दा पुरानो निजी विद्यालय हो, जसले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।

    विद्यालयले यही फागुन २४ गते आफ्नो ३६औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ। वार्षिकोत्सवअन्तर्गत आयोजित रक्तदान कार्यक्रममा अभिभावक, सहयोगी संघसंस्था, पूर्वविद्यार्थी, तथा विद्यालयका शुभचिन्तकहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।

    विद्यालय व्यवस्थापन समितिले रक्तदान जस्तो पुण्यकार्यमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता समाजोपयोगी कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्