News Portal

  • नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने होः अध्यक्ष प्रचण्ड

    दोलागिरि संवाददाता२०८१ फाल्गुण ८
    ३७५ पटक

    गोरखा, ८ फागुन — पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समृद्ध बनाउने सम्भावना प्रचुर रहेको भन्दै सो लक्ष्य हासिल गर्न सबैले दृढसंकल्पका साथ लाग्नुपर्ने बताउनु भएको छ।

    गोरखाको पालुङ्टार नगरपालिका–१० मा आयोजित चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जल, जमिन, जंगल, जडीबुटी र जनशक्ति जस्ता प्राकृतिक सम्पदाको उचित उपयोगबाट देशमा परिवर्तन सम्भव भएको धारणा राखेका छन् ।

    उहाँले आफ्नो सरकारकालमा जलविद्युत् विकास, लोडसेडिङ अन्त्य र विद्युत् निर्यातका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गर्दै सामाजिक सुरक्षा कार्यक्रम र गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रियाले आर्थिक विकासमा योगदान पुर्याउने विश्वास उनको थियो ।

    देशका युवालाई विदेश होइन, स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि, पर्यटन र आर्थिक गतिविधिमा वृद्धि गर्दै समाजवाद निर्माणको अभियान अघि बढाइने अध्यक्ष प्रचण्डले जोडदिएका थिए । साथै, गोरखालाई प्राथमिकतामा राखेर चीनसँग कृषि औद्योगिक पार्क निर्माणको समझदारी भएको जानकारी पनि प्रचण्डले दिएका थिए ।

     

    प्रतिकृया दिनुहोस्