News Portal

  • भक्तपुरको चाँगुनारायणमा बसदुर्घटना पैदलयात्रीको मृत्यु

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २
    ५० पटक

    भक्तपुर, २ माघ २०८१ । भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ जादै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको निशान गाडीले दिउँसो करिब १ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट चाँगुनारायण-५ पिखेलका ७२ वर्षिया केकई मग्राती मगरको मृत्युु भएको हो । उनलाई केएमसी अस्पताल दुवाकोट पुर्याइएको र उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत घोषणा गरिदिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुन्डिराज नेउपानेले जानकारी दिएका हुन् ।

    निशान चालक भक्तपुर- १० कमलबिनायकका ईन्द्र नारायण सितखु रहेका र उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्