News Portal

  • नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु

    दोलागिरि संवाददाता२०८१ माघ २७
    ५३ पटक

    माघ २७ काठमाडौं । डा. बाबुराम भटराइले नेत्तृत्व गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । उक्त कार्यक्रममा नेसपाले पुराना राजनीतिक दलका नेताहरूलाई नबोलाएर नयाँ दलहरुलाइ मात्र बोलाएको छ ।

    महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, विवेकशील साझा पार्टीलगायतलाई निम्तो दिइएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लगायत पुराना दलका नेताहरूलाई निम्तो नै दिएको छैन ।

    रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपा संस्थापक रेमश चौधरी, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले नेसपा (नयाँ शक्ति)को महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका छन् ।

    प्रतिकृया दिनुहोस्