News Portal

  • सूर्यविनायक नगरपालिकाले माघ १५ गते आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुचारु

    दोलागिरि संवाददाता२०८१ माघ १५
    ६४ पटक

    भक्तपुर, माघ १५ गते । सूर्यविनायक नगरपालिकाले माघ १५ गते आजबाट आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुचारु गरेको छ ।

    पहिले सुर्यविनायक नगरपालिकाले टङ्कप्रसाद आचार्य प्रतिष्ठानको कटुञ्जे स्थित भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आइरहेको थियो । आजदेखि आफ्नै नयाँ भवनबाट सेवा सुरु गरेको जानकारी दिएको छ ।

    नयाँ भवन माघ १४ गते प्रधानमन्त्री केपि शर्मा ओलिले उद्घाटन गरेका थिए उक्त भवनमा ९२ वटा कार्यकक्ष रहेका छन् ।स्तनपान कक्ष, अपाङ्गमैत्री, पाँच सय सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ, आठजना क्षमता रहेको दुईवटा लिफ्ट, तीन सयजना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको जानकारी प्रप्त भएको छ ।

    उक्त भवन नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन रु. २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । मासिक रु. एक लाख २० हजार भाडा तिर्दै आएको नगरपालिकाले सङ्घीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी आफ्नै लगानीबाट भवन निर्माण गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्