News Portal

  • चाँगुनारायण नगरपालिकाका कर्मचारीहरू छड्केमा परे

    दोलागिरि संवाददाता२०८१ माघ १५
    ५४ पटक

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले गरेको छड्केमा  केही कर्मचारीहरू गेट बाहिरै परेका छन् ।

    नगरपालिकाले गरेकाे छड्केमा  कर्मचारीहरू गेट बाहिर परेका हुन् । नगरपालिकाले साेमबार ( १४ गते) कर्मचारीकाे आउने समयकाे अनुगमन गरेकाे थियाे समयमा कर्मचारी नआउने जनगुनासो बढे पछि उक्त काम गरेको हो  ।

    विहान १० बजे गरेकाे अनुगमनमा केही कर्मचारी कार्यालय समयमा नआउने गरेको पाइएकाे थियोे । कार्यालय समयभित्र उपस्थित नभएका ती कर्मचारीहरू गेट बाहिरै परेका हुन ।

    नगरपालिका छिर्नका लागि गेट खाेल्न खाेजेकाे थिएँ तर गेट नै बन्द रहेछ । यसाे घडी हेरेको १० बजिसकेछ । १० बजेअघि कार्यालय नछिर्ने कर्मचारीलाई गेट बाहिर राख्नू भन्ने आदेश रहेछ । म त बाहिरै परेँ´, गेट बाहिर परेका एक कर्मचारीले भने । उनले समयमा कार्यालय नछिर्ने कर्मचारीलाई गेट नखाेल्न भनेपछि नगर प्रहरीको टाेलीले गेट बन्द गरेकाे थियो ।

    उनले भने  आफूमात्र नभएर नगरपालिकाका विभिन्न शाखाका गरि १० / ११ जना कर्मचारी गेट बाहिरै परेकाे उने बताएका  छन् । उनीहरू करिब १५ मिनेट गेट बाहिरै बस्नु परेको  थियो।

    कर्मचारीले समय व्यवस्थापनमा ख्याल नगर्दा जनप्रतिनिधिकाे निर्देशनमा उक्त काम गरिएकाे नगरपालिकाका एक अधिकृतले जानकारी दिए । उनले केही कर्मचारीहरू समयमा नआइ आफ्नो व्यक्तिगत काममा जाने गरेका र केही कर्मचारीहरू भने कार्यालय समयमै हराउने प्रवृत्ति बढ्दा नगरपालिकाले अपर्झट उक्त छड्के गरेकाे उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्