

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ लाई भब्यरुपमा सम्पन्न गर्न तयारीस्वस्प मूल समारोह समितिको प्रथम बैठक नगरपालिकाको सभाहल खरीपाटीमा शुक्रबार बसेको छ ।
नगर प्रमुख जीवन खत्रीको अध्यक्षता गर्दै उने भने भ्रमण वर्षको तयारी स्वस्प प्रत्येक नगरबासीलाई घरघरबाट जागृत गर्ने उद्देश्यले सम्पूर्ण सरोकारवाला निकाय सम्मिलीत समिति निर्माण गरि बैठक आयोजना गरिएको हो । मेयर खत्रीले समग्र चाँगुनारायणको धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई प्रचार प्रसार गरि पर्यटन मार्फत नगरलाई समृद्ध बनाउन भ्रमण वर्ष आयोजना गरिएको उनको धारणा रहेको थियो । उने भने माघभित्र सबैको सुझाव संकलन गरि फागुनदेखि प्रचार प्रसारमा लाग्ने पनि जानकारी दिएका थिए ।
बैठकमा सहभागि सरोकारवालाहरुले भ्रमण वर्षको बारेमा आ(आफ्ना धारणाका थिए । बैठकमा प्रतिनिधिसभा सांसद तथा समितिका सल्लाहकार दुर्लभ थापाले समग्र चाँगुनारायणको पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले नगरकोट भ्रमण आयोजना गरिनु सराहनीय कार्य भएको उनको धाराणा थियो । सांसद थापाले नगरकोट कमलविनायक सडक नगरपालिका आफैले निर्माण गर्न बजेट विनियोजन गरेकोमा खुसी ब्यक्त गर्दै कानूनी प्रक्रिया पुर्याएर चाँडो निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । थापाले नगरकोट भ्रमण वर्ष सफल बनाउन सबै एकजुट भएर तयारीमा लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
संघीय सांसद तथा समितिका सल्लाहकार सन्तोष परियारले पर्यटन प्रबद्र्धन गर्दै आन्तरिक तथा बाह्रय पर्यटनमार्फत नगरको विकास गर्ने सोच राख्नु सकारात्मक कदम भएको उनको धाराणा रहेको थियो । सल्लाहकार परियारले नगरकोट भ्रमण वर्ष सफल बनाउन संघबाट गर्नुपर्ने र खेल्नुपर्ने जस्तोसुकै भूमीका निर्वाह गर्न र सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए ।
त्यसै गरि बैठकमा सहभागी बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले , बागमती प्रदेशका पूर्व मन्त्री तथा समितिका सल्लाहकार कृष्णलाल भँडेल,बागमती प्रदेश सभा सदस्य देवन्द्र श्रेष्ठ लगाएतको उपस्थित रहेको थियो ।
बैठकमा नगर उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष मनाउनुको उद्देश्य, हालको तयारी, भ्रमण वर्षले पार्ने प्रभाव र पर्यटन प्रबद्र्धनमा पुग्ने लाभका विषयमा विस्तृत योेजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नगर प्रवक्ता जनक खत्रीले वैठकको संचालन संचालन गरेका थिए भने बैठकमा वडा नंं ६ नगरकोटका वडाध्यक्ष धन बहादुर लामाले धन्यवाद ज्ञापन गरेका थिए ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिको तर्फबाट राप्रपाका अर्जुन काकी, रास्वपाका नगर अध्यक्ष रोशन थापालगायतले पनि नगरकोट भ्रमण वर्षको लागि गर्नुपर्ने तयारीका विषयमा धारणा राख्नुभएको थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत तथा समितिको सदस्य सचिव शिव प्रसाद हुमेगाई र १ देखि ९ वटै वडाका वडाध्यक्षहरु, सल्लाहकारहरु, राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधिहरु, रेडक्रस, सुरक्षा निकायका प्रमुखहरु, नगरकोट नाल्दुम क्षेत्र विकास समितिका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि, होम स्टे ब्यवसायी, होटल ब्यवसायी, सहकारी संस्था, टोल विकास समिति, नगरपालिका भित्रका गैर सरकारी संस्था सामुदायिक वन र विद्यालका प्रतिनिधिहरु सहभागि रहेको जानकारी नगर प्रवक्ता जनक खत्रिले जानकारी दिएका छन ।