News Portal

  • माओवादी केन्द्र निकट प्रेस सेन्टर भक्तपुरको अध्यक्षमा मदन ढुंगान निर्वाचित

    दोलागिरि संवाददाता२०८१ पौष २१
    ९५ पटक

    भक्तपुर । प्रेस सेन्टर नेपाल भक्तपुरको अध्यक्षमा मदन ढुंगान निर्वाचित भएका छन् । को शनिवार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व निर्वाचनमा मदन ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

    सूर्यविनायकमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमितिको पदाधिकारीमा ७ सदस्यीय मध्य निराजन सिलवाल र रत्नकाजी प्रजापति उपाध्यक्ष, प्रदीप श्रेष्ठ सचिव, निसा कुस्मा र अमृता बुढाथोकी सहसचिव तथा बाबुराम दाहाल कोषाध्यक्षमा रहेका छन् । यसै गरि अधिवेशनबाट रोशन क्षेत्री र रुपक ढुङ्गाना लगायत केन्द्रीय प्रतिनिधि त्यसैगरी बाबुकाजी श्रेष्ठ र सुरेश श्रेष्ठ लगायतलाई प्रदेश प्रतिनिधि चयन गरिएको जानकारी पाप्त भएको छ ।

    उक्त अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले गरेका थिए । उद्घाटन मन्तब्य राख्दै गुरुङले कुर्चि , पद र प्रतिष्ठालाई केद्रमा राखी अहिलेको सत्ताधारीहरु सत्रुतापूर्ण ब्यवहारमा लाजमर्दो तरिकाले ओर्लिएको बताए । प्रेस जगतले उनीहरूलाई समयमै सच्याउन सक्नुपर्नेमा नेता गुरुङले जोड दिए ।

    अधिवेशनले सहिद बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा प्रेस सेन्टर नेपाल भक्तपुरले स्थापना गरेको पुरस्कार वरिष्ठ पत्रकार थापालाई प्रदान गरिएको हो । पुरस्कारको राशी रु १० हजार सहित सम्मान पत्र रहेको जानकारी दिएको छ । थापाले मूलप्रवाह मासिक पत्रिकामार्फत देश, जनता र सर्वहारा वर्गलाई हित पुर्याएको उच्च कदर गर्दै पुरस्कार दिइएको प्रेस सेन्टर भक्तपुरले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघमा प्रेस सेन्टरको नेतृत्वमा निर्वाचित पदाधिकारीलाई सम्मान समेत गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्