News Portal

  • प्रभु बैंकद्वारा प्रभु डिजिटल क्युब सञ्चालन

    दोलागिरि संवाददाता२०८१ पौष १७
    ५ पटक

    काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ वर्ष २०२५ को शुरुवातसँगै ‘प्रभु डिजिटल क्युब’ नामक स्वचालित काउण्टर सञ्चालनमा ल्याएको छ। उक्त काउण्टरमार्फत ग्राहकहरूले बिद्युतीय कारोबारको सुविधा प्राप्त गर्न सक्ने जनाएको छ । जसले बैंकिङ्ग सेवाको सहजता र छिटो छरीतो प्रक्रियालाई सुनिश्चित गर्ने जनाएको छ।

    ‘प्रभु डिजिटल क्युब’ काउण्टरमा ग्राहकहरूले नगद जम्मा गर्न, नगद पुनःचक्रण गर्न, चेक जम्मा गर्न, खाताको स्टेट्मेन्ट प्रिन्ट गर्न, एटीएम र किओस्क मेशिनबाट नगद जम्मा र निकाल्न सक्ने भएक छन् ।

    उक्त सेवा संचालनले कार्यालय समयको पर्खाइ बिना, ग्राहकहरूलाई कुनै पनि समयमा बैंकिङ्ग सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ। यस प्रविधि सेवाले बैंकको मुख्य कार्यालय, बबरमहलमा शुरुआत भएको जनाएको छ । साथै निकट भविष्यमा अन्य स्थानहरूमा पनि यसको विस्तार गरिने जनाएको छ।

    यस नयाँ सेवाले ग्राहकलाई अधिक सन्तुष्ट र सुविधाजनक बैंकिङ्ग अनुभव दिने र ग्राहक वर्ग यसबाट पर्याप्त लाभ उठाउने प्रभु बैंकले विश्वास लिएको छ । प्रभु बैंकले यस डिजिटल सेवाबाट नेपालमा बैंकिङ्ग कारोबारलाई अझ प्रविधिमैत्री बनाउन चाहेको समेत जनएको छ।

    प्रतिकृया दिनुहोस्