काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीमा कार्यवाहक सभापति को बन्नला भन्ने विषयले प्रचारहरु हुन थालेका छन । सभापति रवि लामिछाने सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण अभियोगमा निलम्बनमा परेसँगै कार्यवाहक अध्यक्षका लागि विभिन्न आकलनहरु सुरु भएको छन्।
रास्वपामा कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता को हुने भन्ने विषय उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालबीच प्रतिस्पर्धा सुरु भएको खवरहरु प्रकाशि भएका हुन । २०८१ कात्तिक २ गते लामिछाने पक्राउ परेका थिए प्रकाउ परेपछि अघोषित कार्यवाहक अध्यक्षको काम भने अर्यालले गर्दै आएका छन्।
तर आइतबार मुद्दा दर्ता भएर लामिछाने निलम्बनमा परेसँगै औपचारिक रुपमै कार्यवाहक तोक्नुपर्ने बाध्यता पार्टीलाई परेको छ । उक्त बाध्यताका कारण , वाग्ले र अर्यालको प्रतिस्पर्धा सतहमा आएको हो ।पार्टीको विधानअनुसार वरिष्ठताका आधारमा वाग्लेले पार्टी र संसदीय मोर्चाको जिम्मेवारी पाउनुपर्ने भए पनि उनलाई त्यो जिम्मेवारी दिन नहुने पक्ष धेरै सांसद र केन्द्रीय सदस्य छन्। अर्कोतिर विधानलाई बेवास्ता गर्ने हो भने अर्यालले कार्यवाहकको जिम्मेवारी पाउने अवस्था छ।
एक नेताले भने, ‘विधानअनुसार जाने हो भने वाग्लेजीले कार्यवाहक पाउनुहुन्छ। तर, पार्टीभित्र उहाँको पक्षमा माहोल छैन। बहुमत अल्पमत गर्ने हो भने अर्यालले जिम्मेवारी पाउने अवस्था छ।’दुईमध्ये कसले कार्यवाहक पाउने भन्ने टुङ्गो नलागेकाले केन्द्रीय समितिको बैठक निश्चित छैन। तर केही दिनभित्रै बैठक बोलाउनु पर्ने आवाज उठिरहेको एक सांसद बताए।