दोलागिरि संवाददाता२०८१ मंसिर १९
भक्तपुर, १९ मङ्सिर २०८१ । दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन सुक योलले सो घोषणा ६ घण्टामै फिर्ता लिएका हुन् ।
राष्ट्रपतिले सैन्य कानुन लागू गर्ने आफ्नै घोषणा संसदमा व्यापक विरोध भएपछि फिर्ता लिएका त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । सैन्य कानुन अर्थात् ‘मार्सल ल’ लागू गर्ने राष्ट्रपति योलले अप्रत्यासित रुपमा घोषणा गरेपछि सर्वत्र विरोध भएको बताइएको छ ।
विपक्षी दलका मात्र नभइ सत्तापक्षका सांसदहरूले समेत त्यसको विरोधमा संसदमा मतदान गरेका थिए । संसदले सर्वसम्मत निर्णय गरेपछि राष्ट्रपति पछि हट्न बाध्य बनेका छन् ।
मार्सल ल लागू भए नागरिक अधिकार हनन हुने भन्दै बिरोधमा उत्रिएका सर्वसाधारण पछिल्लो निर्णयले खुशीयाली मनाइरहेका छन् ।