काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल पाँच हजार ३३४ मत ल्याए विजयी भएका हुन् ।
यस्तै माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याएका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाएका छन् ।
सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहे । उनले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।
त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।
माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।