News Portal

  • नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार देवका लामिछाने शोभा विजयी

    दोलागिरि संवाददाता२०८१ मंसिर १७
    १११ पटक

    काठमाडौं। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार देवका लामिछाने शोभा विजयी भएकी छन् । उनले वडाध्यक्ष गुमाएको नेकपा माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ ।

    आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका-७ को वडाध्यक्ष पद गुमायो । तर, त्यसबेला कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर भने माओवादीले जितेको छ ।

    निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।

    यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्