News Portal

  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा औपचारिक भ्रमणका लागी आज  चीन जाँदै

    दोलागिरि संवाददाता२०८१ मंसिर १३
    २२ पटक

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा औपचारिक भ्रमणका लागि आज  बिहीबार चीन जाँदै छिन् । प्रधानमन्त्री केपी ओलिको भ्रमणका तयारी का लागि  परराष्ट्रमन्त्रीको चीन भ्रमण हुन लागेकि हुन ।

    उनी शुक्रबार छेन्दुमा चिनियाँ समकक्षी वाङ यीसँग औपचारिक भेट वार्ता गरेर  शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ  । उनी फर्किएपछि   १७ देखि २० मंसिरमा प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलमा चीन भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको भ्रमणतालिका शुक्रबार सार्वजनिक गर्ने नेपाल–चीन दुवै पक्षको तयारी छ ।

    परराष्ट्र मन्त्रालयले आधिकारिकरुपमा  बुधबार परराष्ट्रमन्त्री राणाको चीन भ्रमण सार्वजनिक गरेता पनि  विवरणमा परराष्ट्रमन्त्री कुन सहर जाने भन्ने उल्लेख छैन । ‘परराष्ट्रमन्त्रीले चीनको छेन्दुमा समकक्षीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ।

    परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार ‘दुई नेताबिच प्रधानमन्त्रीको आसन्न औपचारिक चीन भ्रमणलगायत दुई देशको पारस्परिक हितका विषयमा बृहत् छलफल हुनेछ । दुई परराष्ट्रमन्त्रीको भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणमा चीनद्वारा प्रस्तावित बिआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालको बेग्लै प्रस्तावबारे छलफल हुने उच्च राजनीतिक स्रोतले जनाएको छ ।

    नेपालले २९ वैशाख ०७१ मा हस्ताक्षरित बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता कार्यान्वयनमा प्रतिबद्धता जनाउनेछ । यद्यपि, नेपालले अहिले ऋण लिन नसक्ने पनि परराष्ट्रमन्त्रीले स्पष्ट पार्नेछिन् । नेपाललाई चीनले यसअघि दिने प्रतिबद्धता गरेको अनुदान कार्यान्वयन तथा नेपाल–चीन सम्बन्धका सबै पक्षबारे छलफल गर्ने परराष्ट्रमन्त्रीको तयारी छ ।

     

    प्रतिकृया दिनुहोस्