News Portal

  • देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु

    दोलागिरि संवाददाता२०८१ कार्तिक ३०
    १८९ पटक

    काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहने छ।

    आज राति कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्