News Portal

  • उपनिर्वाचनका लागि आयोगले ताक्यो निर्वाचन अधिकृत

    दोलागिरि संवाददाता२०८१ कार्तिक २६
    ३४ पटक

    काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि चुनाव हुने स्थानिय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

    आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको जानकारि दिएको छ ।

    साथै ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई पनि निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले बताएका छन् ।

     

    प्रतिकृया दिनुहोस्