News Portal

  • पौष १२देखि १४ गते तीन दिनसम्म मध्यपुर महोत्सव हुदैं

    दोलागिरि संवाददाता२०८१ कार्तिक २३
    १६० पटक

    २३ कार्तिक २०८१ मध्यपुर थिमि भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा बिकास गर्न मध्यपुर महोत्सव गर्ने भएको छ । महोत्सव आयोजना गर्ने भएको हो ।

    शुक्रवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले पौष १२, १३ र १४ गते तीन दिनसम्म मध्यपुर महोत्सव हुने जानकारी नगर प्रमुख सुरेन्द्र श्रेष्ठले दिएका छन् । नयाँ थिमिको शंखधर चोक देखि नगदेश र बोदे हुँदै तिगनीको निलबाराही स्थानसम्मको ऐतिहासिक क्षेत्रलाई मुख्य महोत्सव प्रदर्शनी स्थलको रुपमा प्रस्तुत गरिने नगर प्रमुख श्रेष्ठले बताएका छन् । यी क्षेत्र करिब साढे ५ किलोमिटर लामो रहेको पनि जानकारी दिएका छन् ।

    मध्यपुर थिमिका मुख्य ऐतिहासिक एवं पुरातात्त्विक स्मारकहरु अवलोकन गर्न सकिने गरि तयारी गरिएको छ । महोत्सवमा स्थानीय जात्रा, नाच र सांस्कृतिक पर्वहरुको पनि पहिचान झल्कने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले धाराणा थियो । त्यसका अलावा परम्परागत पेशा, ब्यवसाय, सीप र जीवनशैली पनि प्रत्यक्ष हेर्न सकिने ब्यवस्था मिलाइएको उनले बताए । महोत्सवमा स्थानीय उत्पादनमा मध्यपुरले प्रसिद्धि कमाएको माटोका भाडाहरु, मुकुण्डो, चिउरा र नेवारी खानाको बिक्री स्टलहरु समेत राखिने बताइएको छ ।

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले महोत्सव आयोजक समिति र सचिवालय बनाएर काम गरिरहेको बताए । १० उपसमिति समेत बनाइएको बताउँदै उनले महोत्सवमा करिब २ करोड खर्च हुने अनुमान गरिएको र करिब ५ लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा राखिएको पत्रकार सम्मेलनमा जानकारी दिए । सो अवसरमा नगरपालिकाका वडाध्यक्षहरु लगायत जनप्रतिनिधिहरु एवं प्रमुख प्रशसकीय अधिकृत लगायत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्