News Portal

  • पावरकन २०२४ सम्मेलन काठमाडौंमा सुरु, १५ देशका ऊर्जा विशेषज्ञ सहभागी

    दोलागिरि संवाददाता२०८१ कार्तिक १९
    ३८ पटक

    १९ कात्तिक, काठमाडौं । विश्वभरका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरहरुको संस्था आई-ट्रिपल ईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस)ले आयोजनागरेको ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज सोमबारबाट काठमाडौंमा सुरु भएको छ ।

    पीईएसको नेपाल च्याप्टरको सहआयोजनामा भएको उक्त सम्मेलनमा १५ देशका लभग १०० प्रतिनिधि सहभागी रहेको सम्मेलनको प्राविधिक समितिका कोचेयर डा. सुजन अधिकारीले जानकारी दिएका छन् । पावरकन नामले चिनिने यो सम्मेलन ऊर्जा प्रणालीसम्बन्धी विश्वकै ठूलोमध्येको एक कार्यक्रम मानिन्छ ।

    सम्मेलन तीन दिनसम्म चल्ने छ उर्जा प्रणालीसम्मबन्धी ७७ वटा पेपरहरु प्रस्तुत हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रलाइ सम्बोधन गर्दै आई ट्रिपल  ई- पावर एन्ड इनर्जी सोसाइटीकी पूर्वअध्यक्ष जेसिका बियानले सम्मेलनले उर्जा क्षेत्रमा अहिले भइरहेका र आगहामी दिनमा हुने परिवर्ननले भविष्यको पुस्तालाई कसरी लाभान्वित बनाउन सकिन्छ भन्ने विषयलाई दिशा निर्देश गर्ने बताइन् । यो संसारभरिका इलेक्ट्रिकल इन्जिनियरहरूलाई जोड्ने महत्वपूर्ण कार्यक्रम भएको उनले बताइन् ।

    प्रतिकृया दिनुहोस्