News Portal

  • अक्स्फोर्ड स्कूलको वार्षिकोत्सव २०८१ सम्पन्न

    दोलागिरि संवाददाता२०८१ कार्तिक १६
    २७८ पटक

    भक्तपुर, कार्तिक १६ । अक्स्फोर्ड प्राक्टिकल स्कूल, भक्तपुरको वार्षिक समारोह विशेष तिहार, नेपाल संवत् र छठ को शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    हरेक वर्ष यमपञ्चकको पहिलो दिन काग तिहारको अवसर पारी यस स्कूलले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै आएको छ । उक्त विशेष कार्यक्रममा अक्स्फोर्डका छात्रछात्राहरुले विभिन्न गीतसंगीत, नाटक, नृत्य फेसन शो आदि प्रस्तुत गरेका थिए ।

    वार्षिकोत्सवको अवसरमा विद्यालयले प्रवेशिका परीक्षा २०८० मा उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको थियो। साथै सो प्रवेशिका परीक्षा सफल पार्न सहयोग गर्ने शिक्षक शिक्षिकाहरुलाई पनि सम्मानपत्रद्वारा उक्त कार्यक्रममा सम्मान गरेको थियो।

    प्रतिकृया दिनुहोस्