News Portal

  • नेपाल संवतले राष्ट्रिय, मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्ड

    दोलागिरि संवाददाता२०८१ कार्तिक १५
    ३११ पटक

    भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र) मध्यपुर थिमी नगर समिति भक्तपुरले आयोजना गरेको नेपाल संवत् ११४५ न्हुदँ (नयाँ वर्ष),स्वन्ती नखः, तिहार र छठ पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरि  शुभकामना आदानप्रदान गरेको छ ।

    उक्त शुभकामना आदानकार्यक्रममा लाई सम्बोधन  गर्दै पुर्व प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्न नेवार समुदायले वर्षौदेखि संघर्ष गर्दै आएको, विभिन्न समयका सरकारले त्यसलाई सम्बोधन गर्नुको साटो दमनको नीति लिएकोप्रति म जानकार रहेको धाराणा ब्यक्त गरे ।

    उनले भने २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने, २०८० सालमा तेस्रोपटक प्रधानमन्त्री भएको बेलामा विक्रम संवत् प्रयोग हुने हरेक सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने र हाम्रो पार्टीको नेतृत्वमा सरकार भएको बेला बागमती प्रदेश सरकारबाट नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने ऐतिहासिक निर्णय गर्न सकेकोमा गर्व महसुस गरेको वनाएका छन्।

    उनले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर यो अवसर प्राप्त  गरेकोमा  ( माओवादी केन्द्र) भक्तपुर र ठिमी नगर समितिलाई धन्यवाद दिदैं नयाँ वर्ष  सुरु भइसकेको तिहार, आउँदै गरेको नेपाल संवत् ११४५ (नयाँ वर्ष) र छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन्  ।

    प्रतिकृया दिनुहोस्