दोलागिरि संवाददाता२०८१ कार्तिक १३
काठमाडौं । सरकारले भुमि समस्या समाधानका लागि नयाँ भुमि आयोग गठन गरेको छ ।
मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोग गठन गरेको हो । आयोगको अध्यक्षमा हरिप्रसाद रिजाललाई नियुक्त गरेको छ । प्यूठान घर भएका रिमाल एमाले नेता हुन् ।
त्यस्तै, बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण स्वीकृत गरेको जानकारी दिएको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन २५ कार्तिकमा राष्ट्रपति नेतृत्वको टोली अजरबैजान जान लागेको हो ।