News Portal

  • माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    दोलागिरि संवाददाता२०८१ कार्तिक १०
    ५७ पटक

    १० कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आज काठङ्गाडौंमा सरकार विरुद्ध खबरदारी सभा गर्दैछ ।

    पछिल्लो पटक केपी ओलि सरकारका गलत कामका विरोध र राम्रो गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउने उदेश्य सहित खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले बागमती प्रदेशले जनाएको छ ।

    माओवादी केन्द्रले पछिल्लो पटक देशमा परेको विपत् व्यवस्थापनमा देखिएको सरकारको निरिहता , गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको माकेले जनाएको छ ।

    केपी नेतुत्वको सरकार सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थाहरु, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो कृतिम मुल्यबृदी बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी गरिने माओवादीको भनाइ छ ।।

    माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ ।

    कांग्रेस-एमाले गठबन्धनको सरकार गठन भएपछि सत्ताबाट रनथर्निए र बाहिरिएको ममाओवादीले पहिलोपटक सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको १०० दिनमा प्रचण्डको नेतृत्वमा प्रतिपक्ष दलहरूले ध्यानाकर्षण गराइ सकेका छन् ।

    आज भृकुटीमण्डपमा आयोजना हुनेविशाल सभाअघि काठमाडौं सुन्धाराबाट जुलुस सहित जमल , पुतलिसडक , हुँदै पर्दशनिक मार्षमा पुग्ने छ । उक्त निकालिने र्यालि ११ बजेबाट सुरु हुने जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्