News Portal

  • वीपी राजमार्ग आज राति १० घण्टा बन्द हुने

    दोलागिरि संवाददाता२०८१ आश्विन ३०
    ३२६ पटक

    काभ्रेपलाञ्चोक।  वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आज राति १० घण्टा बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

    गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको उक्त सडकखण्ड अन्तर्गत पर्ने १ नम्बरपुल- चौकीडाँडा- बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले बन्द गरिन लागेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

    कार्यालयले सूचना प्रकाशित गरेर सडक बन्द हुने जानकारी दिएको छ। चौकीडाँडा-बर्षेखोला खण्ड पूर्ण रुपमा बगाएकोले हाल ट्रयाक निर्माण गरी यात्रुवाहक सवारीसाधनको लागि मात्र आवागमन खुलाइएको छ।

    प्रतिकृया दिनुहोस्