News Portal

  • नेपाल उद्योग परिसंघले ललितपुरका बाढी पहिरो प्रभावितलाई राहत वितरण गर्यो

    दोलागिरि संवाददाता२०८१ आश्विन २३
    ६६ पटक

    असोज २३, काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ ।

    परिसंघले ललितपुरको महाँकाल गाउँपालिका वडा नं ६ ठुला दुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत् दुई सय घर परिवारका लागि राहत सामाग्री प्रदान गरे ।

    प्रमुख जिल्ला अधिकारी श्रेष्ठले परिसंघले दिएको राहत सामाग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मामाया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कालाई उपलब्ध गराए ।

    प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिए ।सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाल उद्योग परिसंघ पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझासहित प्रशासन कार्यालयका उच्च कर्मचारीहरु सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्