१२ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा इतिहासकै ठुलो हो वर्षाले धनजन मानबिएको ठूलो क्षति भएको छ ।
तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हइरहेका प्रहरीले जनकारी दिएको छ ।
बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पुर्याएको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको जानकारी दिएको छ ।
उपत्यकाको सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ । यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको रेकर्ड रहेको छ ।
बंगालको खाडीको उत्तरपट्टी न्यूनचापीय प्रणाली विकास भएको थियो । अर्थात् यो नेपालको नजिक थियो । यो प्रणाली उत्तरतिर हानिएको हुनाले यसले नेपालमा धेरै नै जलवाष्प ल्यायो । र, ठाउँठाउँमा भारीदेखि अति भारी वर्षा भएको थियो ।
कोशी प्रदेशको दक्षिणपूर्व (झापा)बाट वर्षा सुरू भएको थियो । त्यसपछि गण्डकीको दक्षिण, बागमतीको दक्षिण र लुम्बिनीका थोरै स्थानमा भारी वर्षा गरायो । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले बागमती प्रदेशका जिल्लामा बढी क्षति पुर्याएको छ ।