News Portal

  • पहिरोले संघीय राजधानी काठमाडौं जोड्ने सडक ठप्प

    दोलागिरि संवाददाता२०८१ आश्विन १२
    ४७ पटक

    काठमाडौं । दुई दिनदेखिको बर्षाका कारण जनजीवन प्रभावित हुने क्रम बढेको छ ।

    खासगरी संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने तीन ठूला सडक पहिरोका कारण ठप्प भएका छन्। मुग्लिङ-काठमाडौं सडकअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९ सुरुङमार्ग र सिम्लेमा लेदोसहितको पहिरो खसेकाले यातायात ठप्प भएको छ ।

    पहिरोका कारण मुग्लिङ-नागढुङ्गा सडकखण्डको सवारी आवागमन पूर्ण रुपमा प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ । उता मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ र ४ मा खसेको पहिरोका कारण फाखेल र सिस्नेरीबाट हेटौंडा जाने र आउने सवारी आवागमन प्रभावित भएको छ ।

    बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसय बेँसीमा खहरे खोलाले ह्युम पाइप बगाउँदा सवारी आवागमन आंशिक प्रभावित भएको छ । अहिले त्यहाँ एकतर्फी सवारीसाधन सञ्चालन गरिएको छ । उता मुग्लिङ-नारायणगढ र मुग्लिङ-पोखरा सडकमा भने सामान्य अवस्थामा सवारीसाधन चलिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्