News Portal

  • दसैँका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने

    दोलागिरि संवाददाता२०८१ आश्विन ८
    ८८ पटक

    काठमाडौँ । दसैँका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

    सरकार र यातायात क्षेत्रका सरोकारवालाबिच शनिबार (१२ गते) देखि दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।

    मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकमा दुई पक्षबिच सो सहमति भएको छ । सहमतिमा अग्रिम टिकट बुकिङ खुला गर्ने, रुट परमिट खुला गर्ने, सडकको मर्मत सम्भारलगायत विषय समावेश छन् ।

    यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा घटस्थापना अगाडि अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो ।

    प्रतिकृया दिनुहोस्