News Portal

  • सल्यान काठमाडौ समाजवादी सम्पर्क मञ्चको अध्यक्षमा भीम भारती

    दोलागिरि संवाददाता२०८१ आश्विन ५
    ९१ पटक

    काठमाडौर । सल्यान काठमाडौ समाजवादी सम्पर्क मञ्चको अध्यक्षमा भीम भारती चयन भएका छन।शनिबार काठमाडौमा सम्पन्न सम्पर्क मञ्चको प्रथम भेलाले अध्यक्षमा भारती सहित २५ सदस्यीय समिति चयन गरेको हो।


    समाजवादी सम्पर्क मञ्चको भेलाले उपाध्यक्षमा मोहन पुरुष, सचीव खिम नाथ योगी,सहसचिव नेव बहादुर शाही, कोषाध्यक्ष मोहन बिक चयन गरेको छ। त्यस्तै भेलाले सदस्यहरुमा पि.एन. साइला ,महेन्द्र तिवारी, देविलाल वस्तेन, खुमराज केसी,कालीदास स्वर्णकार, लोकेन्द्र विश्वकर्मा , वीरेन्द्र विश्वकर्मा, जिवन विश्वकर्मा , निर्मल विश्वकर्मा ,एन्जल वली, मधु थापा ,विनोद थापा, समर्पण वली, निकेश देवकोटा, लक्ष्मी चौधरी, देवी परियार, बसन्त परियार,दिपा वली र एक जना पछि चयन गर्ने निर्णय गरेको छ भने योगेश बुढाथोकीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ।

    नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् वरिष्ठ साँस्कृतिककर्मी मोहलाल चन्द ( आधार) सीको अध्यक्षता र नेकपा स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज सुशील सीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सी, लगायतको सहभागिता रहेको थियो

    प्रतिकृया दिनुहोस्