News Portal

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला सुरु

    दोलागिरि संवाददाता२०८१ आश्विन १
    ५० पटक

    १ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला सुरु भएको छ । आज देखि प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान सभापति रवि लामिछाने र पदाधिकारीहरुले संयुक्तरुपमा घण्टी बजाएर भेलाको उद्घाटन गरेका हुन ।

    दुइदिन सम्म चल्ने भेला बुधबारसम्म चल्नेछ । आज पहिलो दिन कार्यबहाक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् भने सोही प्रतिवेदनमाथि छलफल हुने जानकारी दिएको छ ।

    सभापति रवि लामिछानेको प्रेस गर्ने राजनीतिक प्रतिवेदन भने दोस्रो दिन बुधबार मात्र हुने नेताहरूले जनकारी दिएका छन् ।
    यसै भेलाबाट रास्वापाले राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय गर्नेछ ।

    दुई दिन हुने भेलाले विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधनलगायतका एजेन्डामा पनि छलफल गर्ने जनएको छ । भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी भएका छन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग/ आयोगहरूबाट प्रतिनिधित्व छ ।

    प्रतिकृया दिनुहोस्