News Portal

  • आजको मौसम देशभर आंशिक देखि साधारणतया बदली रहने

    दोलागिरि संवाददाता२०८१ भाद्र १७
    ५२ पटक

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव वढीरहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने जानकारी दिएको छ। बागमती, गण्डकी, कोशी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र मदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अन्य प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

     

    प्रतिकृया दिनुहोस्