Skip

News Portal

  • अर्कैको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोल्ने महिला पक्राउ

    दोलागिरी संवाददाता
    १३० पटक
    माघ १४, काठमाडौं: अर्को व्यक्तिको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं-२ घर भई काठमाण्डौं महानगरपालिका वडा नं- २० बस्ने ४० वर्षीय सरस्वती खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    उनलाई अर्को व्यक्तिको नागरिकता प्रयोग गरी बैंकको ग्राहक पहिचान विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी अनिल कुमार अधिकारीले जानकारी दिए।

    खड्कालाई बैंकिङ कसुर सजाय ऐन २०६४ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौँबाट अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्