News Portal

  • दोरम्बा डाँडा कटेरीको महान सहिदरूका सम्झानामा

    इन्द्र सी २०८१ साउन ३१
    १२३ पटक

    रामेछाप दोरम्बा डाँडा कटेरीमा २०६० साल श्रावण ३२ गते क बाबुराम लामा लगायत रामेछाप र विभिन्न जिल्लाका रामेछापमा कार्यक्षेत्र बनाई जिम्मेवारी सम्हालिरहनुभएका कमरेडहरूको शाही सेनाले हत्या गरेको दिन हो। प्रिय नेता कार्यकर्ता सबै वर्ग जाति क्षेत्र लिङ् महिला श्रमिक समुदायका मानिसहरूको एरिया पार्टीको बैठकमा उपस्थित हुँदै हुनुहुन्थ्यो । युवराज मोक्तानको घरमा एरिया पार्टीको बैठक तयारीहरु भइरहेको थियो । अचानक घर घेराहाली अन्न धुन्न गोली चलाई केहीलाई हत्या गरी निशस्त्र कमरेडहरूलाई घेरा हाली डोरीले हात बादी डाँडा कटेरीको जंगलमा हत्या गरि भीरबाट लडाई दिए। इन्चार्ज सेक्रेटरी लगाएत घेरा तोडनु सफल भएपनि सशस्त्र हतियारधारी ठूलो शक्ति निशस्त्र कमरेडहरूले घेडा तोड्न सक्नुभएन।

    दोरम्बा डाँडा कटेरी घटना नितान्त फरक परिस्थितिमा शान्तिवार्ताको बेलामा यो अचानक घटना घटाएको घटना हो यस्तो नर पिपासुहरूले दानविए घटना घटाउला भनि कमरेडहरूले कल्पना समेत गरेको थिएन। दाङको हापुरेमा वार्ताचलिरहेको समय वार्ताको आचारसंहिता विरुध्दको शाही सरकारको पासविक घटना हो। राज्यपक्षले र जनयुध्द लडिरहेका पक्षले आचार संहिता पालना गर्नु पर्दथ्यो। वार्ताको समयमा कुनै पनि शक्तिले हत्या अपहरण नियन्त्रण गैर जिम्मेवार हुने अधिकार हुँदैन त्यस्तो कार्यमा भएमा जेनेभा महासन्धि विपरीत हुनेछ। त्यस्तो वार्ता विरोधी कार्य भएमा कारबाही हुनुपर्ने हो तर ती अपराधीहरूलाई कारबाही भइरहेको छैन यस्तो मानव विरोधी घटना जति भर्सना खण्डन विरोध आलोचना गरे पनि सहिदहरूको सम्मान सपना पूरा हुँदैन। सभा भेला साहित्य गोष्ठी गीत संगीत लेख रचना कविता वाचन गरेर सहिदहरूको स्मारिकामा प्रधानमन्त्री मन्त्री नेताहरुले अविर माला दोसल्ला खादा केही रकम पाउने उनीहरूको सपना थिएन राज्य सत्ता आमूल परिवर्तन गर्नु थियो। नेपाली जनताले शिक्षा स्वास्थ्य रोजगारी न्याय समानता सुशासन समृध्दिको लागि सबै क्रान्तिकारी आन्दोलन भएका हुन। १० वर्षको महान् जनयुध्दले कार्यभार पुरा गर्न सकेको छैन ।यो सम्पूर्ण कार्य पूरा गर्नका लागि एकीकृत जनक्रान्तिको गरिरहेका छौँ नेपाली विशेषताको समाजवाद अथवा वैज्ञानिक समाजवाद व्यवस्था आजको परिस्थितिकोआवश्यकता हो । जनयुध्द र एकीकृत जनक्रान्तिका महान सहिदहरुमा श्रध्दाञ्जली बेपत्ताको स्मरण घाइते सम्मान र एकीकृत जनक्रान्तिको बन्दी योध्दाहरुलाई सम्मान गरेर मात्र उहाँहरूको सपना पूरा हुँदैन। प्रतिबध्दता भाषण गरेर मात्रै हुदैन त्यो जीवन व्यवहारमा क्रान्तिकारी आमूल परिवर्तन भएको हुनुपर्दछ। हत्यारा राममणि पोखरेल लगायत सरकारका नेतृत्व गर्ने नरसंहार पूर्ण घटना घटाउने अपराधीहरूलाई बदला लिएरै छाड्नुपर्दछ।

    जनयुध्दको यात्राको क्रममा ती डाँडा पाखा वन जङ्गल ,तामाकोशी ,सुनकोशी, सैलुङ डाँडा, चौरी र भोटे कोसी वारीपारी गर्ने सहयात्रीको हैसिलले २२ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको सन्दर्भमा केही शब्द लेखिरहेको छु। सैलुङका डाँडापाखा गुम्बाहरूमा चौरीको छुर्पी झिया पिएर रात कटाको थकाई मेटाको आजै जस्तो लाग्दछ। भोक अनिन्द्रा तिर्खामा निष्पट्ट रातमा बामे सरेको सम्झनामै रहिरहेको छ त्यसैले त मलाई चौरीको छुर्पी टोकेको झिया पिएको आजै जस्तो लाग्छ। सैलुङको डाँडै डाँडा हिउँमा चिप्लेटी खेल्य र क बाबुराम लामा क पेमा लामा क रमेश ढुंगेल क धावा लामा प्रदीप दोङ क रक्तिम क डोन्डुप तिवारीसँग राज भिरको गुम्बामा झिया पिउँदै फोटो सेसन भएको धैर भइसक्यो। छ्यार्पाको जङ्गल लगायत अनगिन्ती डाँडा पाखा खोला जंगलमा परेड खेलियो।तामाकोशी ठेडी खोला जोगीको कुटी निर माझी दाईको हात समाएर मन्थली पुग्न कोशी वारीपारी गरेको अझै सम्झनामा रहिरहेको छ र फागुन१गते जनयुध्द दिवस ताजै छ। लिखु चौरी तामाकोशी सुनकोशी भटौली खोला खहरेहरू पार गर्दै सयौँ थुम्का थापा गाउँ ,गुन्सी, लखनपुर ,बेथान पानीघाट , काभ्रे चौरी, धुसिनी रिठ्ठे सापिङ क हिमाल बुवाआमा छोरा दाम्लोले बानीदिनु भन्दै कराउँदै हिँडेको सम्झना गर्दै चेरे पुल तरेको धेरै भइसकेछ। जनतालाई प्रशिक्षित गर्दै हातमा लौरी बोकी ढोका ढकढक्याउँदै ढिँडो ,भात र सिद्रा तरकारी खाएको ,जुनार, सुन्तलाको खाएर दिनभरि बुइकलमा निदाउँदा दिन बितेको पत्तै हुँदैनथ्यो। रातभरि अधेरीमा झमझम पानी परेको, छगछंगे छहरा, पहरा, नदी सुसाएको तालसँगै क माइला सीको गीत दाजु डण्डुप बोकेर उठ भरुवा बन्दुक निकै नै टाढा पुग्नु छ राता सिपाहीहरूले गाह्रो र सारो मान्दैन आँटी छोरा र छोरीले लगायत गीत झ्याउकिरी किराहरूको संगीतमा गाउदै निसपट्ट रातमा जुनकिरीले बाली दिएको बत्तीको सहारामा अघि बढेको पत्तै हुँदैन थियो। आइपुग्यो छापामार खुकुरी भिरेर बन्दुक भिरेर गीत गाउन र भाषण गर्न गाउँ बस्तीमा पुगिन्थ्यो। देशभरि समाचार जनमुक्ति सेनाले कहिले जितको केही ठाउँमा हारेको समाचार सुनिन्थ्यो। सम्पूर्ण राज्य सत्ता जित्ने सपना बोकी निरन्तर अगाडि जनमुक्ति सेना बढिरहेकै थियो। रामेछाप बेथान सिन्धुलीगढी रोल्पा होलरी रुकुम आठ बिस्कोट हुँदअछाम दुनै सोलु सल्लेरी गाम खारा पिली काभ्रे रुम्जाटार सरलाई ठोकरपा काठमाडौँ थानकोट लगायत देशैभरि जनमुक्ति सेना विजय र केही हारमा शिक्षा लिँदै मुख्य सहर प्रवेश गर्दै गर्दा जनता खुसी देश समृद्ध भएको देख्ने चाहना जनताको थियो । केन्द्रीय राज्य सत्ता परिवर्तन वैज्ञानिक समाजवादी व्यवस्था देशमा भएको हेर्ने जन चाहना थियो।

    गाउँ गाउँमा जन अदालत जन कम्युनिष्ट स्कुल स्थापना र सत्ता सञ्चालन गरी माओवादी पार्टी ८० प्रतिशत भूभागमा समाजवादको अभ्यास गरी दुश्मनलाई सहर र सदरमुकाम केन्द्रित बनाउन सफल भएको इतिहास मात्र बाँकी छ।।
    सहमति र सम्झौता होइन जनयुध्दा जनआन्दोलन मधेसी आन्दोलन एकीकृत जनक्रान्तिका सहिद घाइती बेपत्ता योध्दाहरूको सपना आजको विश्व परिस्थिति नेपाली क्रान्तिको अनुभव आर्जन गरेको शिक्षाले पुरानो तरिकाले क्रान्ति सम्पन्न नहुने यसको लागि नयाँ विशेषता परिस्थिति विचार, दर्शनको विकास फेरिएको वर्ग चरित्र बदलिएको अन्तरविरोध अनुसार क्रान्ति सम्पन्न गर्न सकिन्छ।। करोडौँ लाखौँ खर्च गरेर लड्ने दलाल पुँजीवादी संसदीय चुनाव होइन व्यवस्था चुन्ने चुनाव समाजवादकी दलाल पुँजीवाद जनमत सङ्ग्रहको निर्वाचन गर्नुपर्दछ। कम्युनिष्ट समाजवादी मध्यम वर्गको इच्छा चाहना अनुसार प्रत्यक्ष चुनावद्वारा निर्वाचित देशका कार्यकारिणी प्रमुख हुनुपर्दछ। यसले नेपाली जनताको शोषण दमन अन्याय अत्याचारको हुने छैन। जनतन्त्र जनजीविका सवालमा र राष्ट्रियताको सवालमा एमसीसी कालापानी लिपुलेक लिम्पियाधुरा लगायत राष्ट्रघात सम्झौता खारेज गर्नुपर्दछ। एमसीसीको नाममा अमेरिकी सेना भित्र्याएर नेपाललाई युक्रेन बनाउने भूमण्डीकृत पुँजीवादको विरुद्धमा नेपाली जनताले लड्नुपर्नेछ। नेपालको वनसम्पदा जडीबुटी युरेनियम कब्जा गर्ने छिमेकी देशलाई घेरा हाल्ने अस्थिरता उत्पन्न गर्ने अमेरिकी सेना हतियार सहित आउने खतरा छ। यी सबै तमाम खालका चुनौतीको सामना गर्न देशभक्त राष्ट्रवादी कम्युनिष्ट समाजवादी शक्ति एकताध्बद भई लड्न पर्दछ।

    यो भावनाको कुरा होइन यो यथार्थ जीवन व्यवहारमा देखिएको र भोगिएको सहिद बेपत्ता घाइते योध्दाहरूको सपना पूरा नभइरहेको यथार्थ हो। जनयुध्दाको मूल उद्देश्य राज्य सत्ता परिवर्तन गर्नु र देश जनताको मुक्ति गर्नु थियो तर त्यो पुरा भएको छैन त्यसैले सो कार्य पूरा गर्नका लागि एकताबध्द भएर अगाडि बढेर क्रान्ति सम्पन्न गर्नुछ। एकीकृत जनक्रान्तिको सपना अधुरो र अपुरो क्रान्ति पूरा गर्नु हो। जनयुद्ध र एकीकृत जनक्रान्तिका राजनैतिक मुद्दाहरू खारेज ,सहिदहरुलाई सहिद घोषणा बेपत्ताको स्थिति सार्वजनिक घाइते योध्दाहरूको औषधि उपचार व्यवस्थापन र जेल हिरासतमा रहेका कमरेडहरू रिहाई लडाई लडेका योध्दाहरूलाई पुरस्कृत र सम्मान उनका परिवारहरूलाई शिक्षा स्वास्थ्य रोजगारीको ग्यारेन्टी गर्नुपर्दछ। अपराधीकरण गर्न खोज्ने राज्य सत्तालाई ध्वस्त बनाएर नेपाली विशेषताको समाजवाद आजको आवश्यकता जनताका इच्छा चाहनालाई परिपूर्ति गर्नुपर्दछ। नेकपा र नेपाल सरकार बीचमा भएको प्रतिबन्ध पछि तीन बुँदे सहमति बिना शर्त कार्यान्वयन गरी देशलाई निकास दिनुपर्दछ। होइन भने फेरि पनि षड्यन्त्र र छलछामलाई नेपाली जनताले अस्वीकार गर्दै बाध्यत्मक परिस्थितिमा क्रान्तिको अर्को उचाइ पुरा गर्न जस्तोसुकै कठिन अवस्थाहरु आए पनि ती चुनौतीको सामना गर्न नेपाली जनता तयार छन्। देश संकटमा छ सरकार अस्थिर छ काण्डै काण्डले देश विकराल अवस्थामा छ कोही जेलमा छ कोही प्रधानमन्त्री मन्त्री सरकारमा राज गरिरहेका छन्। सरकार बन्ने र गिर्नेमा मुख्य साम्राज्यवादीहरूको हात छ। माओवादीले जनयुध्द लडेर प्राप्त गरेको अधिकार राजतन्त्रको अन्त्य संघीयता धर्म निरपेक्षताको नाममा दलालहरूले मस्ती गरिरहेका छन्।
    सबै पार्टीमा अन्तरविरोधी अन्तरविरोध छ विभाजन विभक्त बेला कम्युनिष्ट सम्पूर्ण माओवादीहरूको एकता आजको आवश्यकता हो। आफ्नो स्वार्थको लागि दलालहरू खडा गरिरहेका साम्राज्यवादीहरूको इच्छा पूरा गर्ने सरकारहरू गठन भइरहेका छन्। काण्ड पनि कस्ता कस्ता खालका छन् भुटानी शरणार्थी गिरिबन्धु ललिता निवास सहकारी सुनकाण्ड लगायतका भ्रष्टाचारी काण्डहरू छन्।बलात्कारी तस्करी कमिसन खोर ठेकेदारहरुले योजना अलपत्र गर्नेहरूले सरकारको नेतृत्व गरिरहेका छन्। शिक्षा स्वास्थ्य सडक विद्युत सेना प्रहरी कर्मचारी बैंक सबै सेटिङद्वारा कमिसन र भ्रष्टाचारमा चलिरहेको छ। गरिबका छोराछोरी विदेशमा भाडा माज्ने चौकीदार गर्ने ४०-४५ डिग्रीको घाममा तात्तिने मृत्यु हुने बाकसमा पोको परेर नेपाल फर्कने घरपरिवार बर्बाद हुने यस्तो कहाली लाग्दो समस्याहरू छन्। नेपालमा गरिबका छोराछोरीहरूले जागिर होइन मृत्यु आत्महत्या जलेर मर्नुपर्ने मन्त्री प्रधानमन्त्री मन्त्री कर्मचारी ठेकेदारहरूको छोराछोरी सेटिङमा पावरमा पिनदेखि हाकिमसम्म वडादेखि गाउँ नगर प्रदेश संघ मन्त्रालय सम्म भागवण्डमा मिलाएको खाएका हुन्छन्। नेपाली जनतालाई राजनीतिप्रति वितृष्णा जगाउने विदेश पलायन गराउने सम्पूर्ण युवा युवतीलाई अवसरबाट वञ्चित गराउने केही दलाल पुँजीवादीहरूले अवसर प्राप्त गर्ने गरिरहेको छ ।यस्तो मुख्य काम सरकारमा बसेकाहरुको नेतृत्वले गरेपछि तल्लो स्तरका साधारण जनताका छोराछोरीले के शिक्षा लिने देश निर्माण र समृद्धि कसरी हुने त्यसैले यो दलाल पुँजीवादी व्यवस्था नेपाली जनताको नभएर सीमित पुँजीवादीहरूको भएकोले यसलाई खारेज गर्नुपर्दछ। हालको संकटको समाधान नेपाली विशेषताको समाजवाद व्यवस्थाको लागि कम्युनिष्ट समाजवादी देशभक्त लोकतन्त्र गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्छ। सबै वर्ग किसान मजदुर मध्यम राष्ट्रिय पुजीपति वर्ग सचेत भएर आजको देशको संकटलाई निकास दिने राज्य सत्ता निर्माण गर्नुपर्दछ। किनभने सबै मित्र शक्ति मित्र वर्ग मित्र समुदाय हक अधिकार खोसी रहेको छ। यी वर्ग शक्ति समुदाय नेपाली जनता कहिले भुक्रोमा कहिले तावामा डामी रहेका छन्। काण्डै काण्डहरू मच्काउनेहरुले देश चलाउने विदेशीको आडमा पालैपालो सरकारमा बसेर जनताको रगत पसिना दुःखमा कमिसन खाएर मोज र भोज गरिरहेको छ।
    दोरम्बा डाँडा, कटेरी महान सहिदहरु बाबुराम लामा (क पुप्प) )अम्बिका दाहाल (क ललिका ) प्रदीप दोङ (क रक्तिम ) उमा कार्की (क सहारा ) विष्णुमाया थापा मगर (क बीमा)( क बिमला)( क उमा ) हर्कबहादुर तामाङ (क यथार्थ) रवि चौहान (क समिर) श्याम तामाङ (क इनक्लाप )पदमराज गिरी (क असल) ठुलो राम तामाङ (क छोक्पा) सानो राम तामाङ ( क तारा )लक्ष्मण तामाङ (क छायाँ)( क जमिन) सोम माया थामी, युवराज मोक्तान, लिला मोक्तान ,टेकबहादुर थापा मगर( क विवेक ) चतुरमान थामी (क समर ) सहित २१ जना सहिदहरूलाई श्रध्दाञ्जली लाल सलाम। दोरम्बा हत्याकाण्ड स्मृति दिवस अवसरमा महान सहिदहरूको विषयमा अघिल्ला वर्षहरूमा पनि उहाँहरूको इतिहास योगदान घटना परिघटना चर्चा भइसकेकोले हाल वर्तमान परिस्थितिको विषयमा सम्झनाको लागि यो लेख लेखिएको छु।

    लेखक नेकपा रामेछाप इन्चार्ज हुनु हुन्छ  ।दोरम्बा डाँडा कटेरीको महान सहिदरूका सम्झानामा ।
    रामेछाप दोरम्बा डाँडा कटेरीमा २०६० साल श्रावण ३२ गते क बाबुराम लामा लगायत रामेछाप र विभिन्न जिल्लाका रामेछापमा कार्यक्षेत्र बनाई जिम्मेवारी सम्हालिरहनुभएका कमरेडहरूको शाही सेनाले हत्या गरेको दिन हो। प्रिय नेता कार्यकर्ता सबै वर्ग जाति क्षेत्र लिङ् महिला श्रमिक समुदायका मानिसहरूको एरिया पार्टीको बैठकमा उपस्थित हुँदै हुनुहुन्थ्यो । युवराज मोक्तानको घरमा एरिया पार्टीको बैठक तयारीहरु भइरहेको थियो । अचानक घर घेराहाली अन्न धुन्न गोली चलाई केहीलाई हत्या गरी निशस्त्र कमरेडहरूलाई घेरा हाली डोरीले हात बादी डाँडा कटेरीको जंगलमा हत्या गरि भीरबाट लडाई दिए। इन्चार्ज सेक्रेटरी लगाएत घेरा तोडनु सफल भएपनि सशस्त्र हतियारधारी ठूलो शक्ति निशस्त्र कमरेडहरूले घेडा तोड्न सक्नुभएन।
    दोरम्बा डाँडा कटेरी घटना नितान्त फरक परिस्थितिमा शान्तिवार्ताको बेलामा यो अचानक घटना घटाएको घटना हो यस्तो नर पिपासुहरूले दानविए घटना घटाउला भनि कमरेडहरूले कल्पना समेत गरेको थिएन। दाङको हापुरेमा वार्ताचलिरहेको समय वार्ताको आचारसंहिता विरुध्दको शाही सरकारको पासविक घटना हो। राज्यपक्षले र जनयुध्द लडिरहेका पक्षले आचार संहिता पालना गर्नु पर्दथ्यो। वार्ताको समयमा कुनै पनि शक्तिले हत्या अपहरण नियन्त्रण गैर जिम्मेवार हुने अधिकार हुँदैन त्यस्तो कार्यमा भएमा जेनेभा महासन्धि विपरीत हुनेछ। त्यस्तो वार्ता विरोधी कार्य भएमा कारबाही हुनुपर्ने हो तर ती अपराधीहरूलाई कारबाही भइरहेको छैन यस्तो मानव विरोधी घटना जति भर्सना खण्डन विरोध आलोचना गरे पनि सहिदहरूको सम्मान सपना पूरा हुँदैन। सभा भेला साहित्य गोष्ठी गीत संगीत लेख रचना कविता वाचन गरेर सहिदहरूको स्मारिकामा प्रधानमन्त्री मन्त्री नेताहरुले अविर माला दोसल्ला खादा केही रकम पाउने उनीहरूको सपना थिएन राज्य सत्ता आमूल परिवर्तन गर्नु थियो। नेपाली जनताले शिक्षा स्वास्थ्य रोजगारी न्याय समानता सुशासन समृध्दिको लागि सबै क्रान्तिकारी आन्दोलन भएका हुन। १० वर्षको महान् जनयुध्दले कार्यभार पुरा गर्न सकेको छैन ।यो सम्पूर्ण कार्य पूरा गर्नका लागि एकीकृत जनक्रान्तिको गरिरहेका छौँ नेपाली विशेषताको समाजवाद अथवा वैज्ञानिक समाजवाद व्यवस्था आजको परिस्थितिकोआवश्यकता हो । जनयुध्द र एकीकृत जनक्रान्तिका महान सहिदहरुमा श्रध्दाञ्जली बेपत्ताको स्मरण घाइते सम्मान र एकीकृत जनक्रान्तिको बन्दी योध्दाहरुलाई सम्मान गरेर मात्र उहाँहरूको सपना पूरा हुँदैन। प्रतिबध्दता भाषण गरेर मात्रै हुदैन त्यो जीवन व्यवहारमा क्रान्तिकारी आमूल परिवर्तन भएको हुनुपर्दछ। हत्यारा राममणि पोखरेल लगायत सरकारका नेतृत्व गर्ने नरसंहार पूर्ण घटना घटाउने अपराधीहरूलाई बदला लिएरै छाड्नुपर्दछ।
    जनयुध्दको यात्राको क्रममा ती डाँडा पाखा वन जङ्गल ,तामाकोशी ,सुनकोशी, सैलुङ डाँडा, चौरी र भोटे कोसी वारीपारी गर्ने सहयात्रीको हैसिलले २२ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको सन्दर्भमा केही शब्द लेखिरहेको छु। सैलुङका डाँडापाखा गुम्बाहरूमा चौरीको छुर्पी झिया पिएर रात कटाको थकाई मेटाको आजै जस्तो लाग्दछ। भोक अनिन्द्रा तिर्खामा निष्पट्ट रातमा बामे सरेको सम्झनामै रहिरहेको छ त्यसैले त मलाई चौरीको छुर्पी टोकेको झिया पिएको आजै जस्तो लाग्छ। सैलुङको डाँडै डाँडा हिउँमा चिप्लेटी खेल्य र क बाबुराम लामा क पेमा लामा क रमेश ढुंगेल क धावा लामा प्रदीप दोङ क रक्तिम क डोन्डुप तिवारीसँग राज भिरको गुम्बामा झिया पिउँदै फोटो सेसन भएको धैर भइसक्यो। छ्यार्पाको जङ्गल लगायत अनगिन्ती डाँडा पाखा खोला जंगलमा परेड खेलियो।तामाकोशी ठेडी खोला जोगीको कुटी निर माझी दाईको हात समाएर मन्थली पुग्न कोशी वारीपारी गरेको अझै सम्झनामा रहिरहेको छ र फागुन१गते जनयुध्द दिवस ताजै छ। लिखु चौरी तामाकोशी सुनकोशी भटौली खोला खहरेहरू पार गर्दै सयौँ थुम्का थापा गाउँ ,गुन्सी, लखनपुर ,बेथान पानीघाट , काभ्रे चौरी, धुसिनी रिठ्ठे सापिङ क हिमाल बुवाआमा छोरा दाम्लोले बानीदिनु भन्दै कराउँदै हिँडेको सम्झना गर्दै चेरे पुल तरेको धेरै भइसकेछ। जनतालाई प्रशिक्षित गर्दै हातमा लौरी बोकी ढोका ढकढक्याउँदै ढिँडो ,भात र सिद्रा तरकारी खाएको ,जुनार, सुन्तलाको खाएर दिनभरि बुइकलमा निदाउँदा दिन बितेको पत्तै हुँदैनथ्यो। रातभरि अधेरीमा झमझम पानी परेको, छगछंगे छहरा, पहरा, नदी सुसाएको तालसँगै क माइला सीको गीत दाजु डण्डुप बोकेर उठ भरुवा बन्दुक निकै नै टाढा पुग्नु छ राता सिपाहीहरूले गाह्रो र सारो मान्दैन आँटी छोरा र छोरीले लगायत गीत झ्याउकिरी किराहरूको संगीतमा गाउदै निसपट्ट रातमा जुनकिरीले बाली दिएको बत्तीको सहारामा अघि बढेको पत्तै हुँदैन थियो। आइपुग्यो छापामार खुकुरी भिरेर बन्दुक भिरेर गीत गाउन र भाषण गर्न गाउँ बस्तीमा पुगिन्थ्यो। देशभरि समाचार जनमुक्ति सेनाले कहिले जितको केही ठाउँमा हारेको समाचार सुनिन्थ्यो। सम्पूर्ण राज्य सत्ता जित्ने सपना बोकी निरन्तर अगाडि जनमुक्ति सेना बढिरहेकै थियो। रामेछाप बेथान सिन्धुलीगढी रोल्पा होलरी रुकुम आठ बिस्कोट अछाम दुनै सोलु सल्लेरी गाम खारा पिली काभ्रे रुम्जाटार दोलखा मैनापोखरी सरलाई ठोकरपा काठमाडौँ थानकोट लगायत देशैभरि जनमुक्ति सेना विजय र केही हारमा शिक्षा लिँदै मुख्य सहर प्रवेश गर्दै गर्दा जनता खुसी देश समृद्ध भएको देख्ने चाहना जनताको थियो । केन्द्रीय राज्य सत्ता परिवर्तन वैज्ञानिक समाजवादी व्यवस्था देशमा भएको हेर्ने जन चाहना थियो।
    गाउँ गाउँमा जन अदालत जन कम्युनिष्ट स्कुल स्थापना र सत्ता सञ्चालन गरी माओवादी पार्टी ८० प्रतिशत भूभागमा समाजवादको अभ्यास गरी दुश्मनलाई सहर र सदरमुकाम केन्द्रित बनाउन सफल भएको इतिहास मात्र बाँकी छ।।
    सहमति र सम्झौता होइन जनयुध्दा जनआन्दोलन मधेसी आन्दोलन एकीकृत जनक्रान्तिका सहिद घाइती बेपत्ता योध्दाहरूको सपना आजको विश्व परिस्थिति नेपाली क्रान्तिको अनुभव आर्जन गरेको शिक्षाले पुरानो तरिकाले क्रान्ति सम्पन्न नहुने यसको लागि नयाँ विशेषता परिस्थिति विचार, दर्शनको विकास फेरिएको वर्ग चरित्र बदलिएको अन्तरविरोध अनुसार क्रान्ति सम्पन्न गर्न सकिन्छ।। करोडौँ लाखौँ खर्च गरेर लड्ने दलाल पुँजीवादी संसदीय चुनाव होइन व्यवस्था चुन्ने चुनाव समाजवादकी दलाल पुँजीवाद जनमत सङ्ग्रहको निर्वाचन गर्नुपर्दछ। कम्युनिष्ट समाजवादी मध्यम वर्गको इच्छा चाहना अनुसार प्रत्यक्ष चुनावद्वारा निर्वाचित देशका कार्यकारिणी प्रमुख हुनुपर्दछ। यसले नेपाली जनताको शोषण दमन अन्याय अत्याचार हुने छैन। जनतन्त्र जनजीविका सवालमा र राष्ट्रियताको सवालमा एमसीसी कालापानी लिपुलेक लिम्पियाधुरा लगायत राष्ट्रघात सम्झौता खारेज गर्नुपर्दछ। एमसीसीको नाममा अमेरिकी सेना भित्र्याएर नेपाललाई युक्रेन बनाउने भूमण्डीकृत पुँजीवादको विरुध्दमा नेपाली जनताले लड्नुपर्नेछ। नेपालको वनसम्पदा जडीबुटी युरेनियम कब्जा गर्ने छिमेकी देशलाई घेरा हाल्ने अस्थिरता उत्पन्न गर्ने अमेरिकी सेना हतियार सहित आउने खतरा छ। यी सबै तमाम खालका चुनौतीको सामना गर्न देशभक्त राष्ट्रवादी कम्युनिष्ट समाजवादी शक्ति एकताध्बद भई लड्न पर्दछ।
    यो भावनाको कुरा होइन यो यथार्थ जीवन व्यवहारमा देखिएको र भोगिएको सहिद बेपत्ता घाइते योध्दाहरूको सपना पूरा नभइरहेको यथार्थ हो। जनयुध्दाको मूल उद्देश्य राज्य सत्ता परिवर्तन गर्नु र देश जनताको मुक्ति गर्नु थियो तर त्यो पुरा भएको छैन त्यसैले सो कार्य पूरा गर्नका लागि एकताबध्द भएर अगाडि बढेर क्रान्ति सम्पन्न गर्नुछ। एकीकृत जनक्रान्तिको सपना अधुरो र अपुरो क्रान्ति पूरा गर्नु हो। जनयुद्ध र एकीकृत जनक्रान्तिका राजनैतिक मुद्दाहरू खारेज ,सहिदहरुलाई सहिद घोषणा बेपत्ताको स्थिति सार्वजनिक घाइते योध्दाहरूको औषधि उपचार व्यवस्थापन र जेल हिरासतमा रहेका कमरेडहरू रिहाई लडाई लडेका योध्दाहरूलाई पुरस्कृत र सम्मान उनका परिवारहरूलाई शिक्षा स्वास्थ्य रोजगारीको ग्यारेन्टी गर्नुपर्दछ। अपराधीकरण गर्न खोज्ने राज्य सत्तालाई ध्वस्त बनाएर नेपाली विशेषताको समाजवाद आजको आवश्यकता जनताका इच्छा चाहनालाई परिपूर्ति गर्नुपर्दछ। नेकपा र नेपाल सरकार बीचमा भएको प्रतिबन्ध पछि तीन बुँदे सहमति बिना शर्त कार्यान्वयन गरी देशलाई निकास दिनुपर्दछ। होइन भने फेरि पनि षड्यन्त्र र छलछामलाई नेपाली जनताले अस्वीकार गर्दै बाध्यत्मक परिस्थितिमा क्रान्तिको अर्को उचाइ पुरा गर्न जस्तोसुकै कठिन अवस्थाहरु आए पनि ती चुनौतीको सामना गर्न नेपाली जनता तयार छन्। देश संकटमा छ सरकार अस्थिर छ काण्डै काण्डले देश विकराल अवस्थामा छ कोही जेलमा छ कोही प्रधानमन्त्री मन्त्री सरकारमा राज गरिरहेका छन्। सरकार बन्ने र गिर्नेमा मुख्य साम्राज्यवादीहरूको हात छ। माओवादीले जनयुध्द लडेर प्राप्त गरेको अधिकार राजतन्त्रको अन्त्य संघीयता धर्म निरपेक्षताको नाममा दलालहरूले मस्ती गरिरहेका छन्।
    सबै पार्टीमा अन्तरविरोधी अन्तरविरोध छ विभाजन विभक्त बेला कम्युनिष्ट सम्पूर्ण माओवादीहरूको एकता आजको आवश्यकता हो। आफ्नो स्वार्थको लागि दलालहरू खडा गरिरहेका साम्राज्यवादीहरूको इच्छा पूरा गर्ने सरकारहरू गठन भइरहेका छन्। काण्ड पनि कस्ता कस्ता खालका छन् भुटानी शरणार्थी गिरिबन्धु ललिता निवास सहकारी सुनकाण्ड लगायतका भ्रष्टाचारी काण्डहरू छन्।बलात्कारी तस्करी कमिसन खोर ठेकेदारहरुले योजना अलपत्र गर्नेहरूले सरकारको नेतृत्व गरिरहेका छन्। शिक्षा स्वास्थ्य सडक विद्युत सेना प्रहरी कर्मचारी बैंक सबै सेटिङद्वारा कमिसन र भ्रष्टाचारमा चलिरहेको छ। गरिबका छोराछोरी विदेशमा भाडा माज्ने चौकीदार गर्ने ४०-४५ डिग्रीको घाममा तात्तिने मृत्यु हुने बाकसमा पोको परेर नेपाल फर्कने घरपरिवार बर्बाद हुने यस्तो कहाली लाग्दो समस्याहरू छन्। नेपालमा गरिबका छोराछोरीहरूले जागिर होइन मृत्यु आत्महत्या जलेर मर्नुपर्ने मन्त्री प्रधानमन्त्री मन्त्री कर्मचारी ठेकेदारहरूको छोराछोरी सेटिङमा पावरमा पिनदेखि हाकिमसम्म वडादेखि गाउँ नगर प्रदेश संघ मन्त्रालय सम्म भागवण्डमा मिलाएर खाएका हुन्छन्। नेपाली जनतालाई राजनीतिप्रति वितृष्णा जगाउने विदेश पलायन गराउने सम्पूर्ण युवा युवतीलाई अवसरबाट वञ्चित गराउने केही दलाल पुँजीवादीहरूले अवसर प्राप्त गर्ने गरिरहेको छ ।यस्तो मुख्य काम सरकारमा बसेकाहरुको नेतृत्वले गरेपछि तल्लो स्तरका साधारण जनताका छोराछोरीले के शिक्षा लिने देश निर्माण र समृद्धि कसरी हुने त्यसैले यो दलाल पुँजीवादी व्यवस्था नेपाली जनताको नभएर सीमित पुँजीवादीहरूको भएकोले यसलाई खारेज गर्नुपर्दछ। हालको संकटको समाधान नेपाली विशेषताको समाजवाद व्यवस्थाको लागि कम्युनिष्ट समाजवादी देशभक्त लोकतन्त्र गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्छ। सबै वर्ग किसान मजदुर मध्यम राष्ट्रिय पुजीपति वर्ग सचेत भएर आजको देशको संकटलाई निकास दिने राज्य सत्ता निर्माण गर्नुपर्दछ। किनभने सबै मित्र शक्ति मित्र वर्ग मित्र समुदाय हक अधिकार खोसी रहेको छ। यी वर्ग शक्ति समुदाय नेपाली जनता कहिले भुक्रोमा कहिले तावामा डामी रहेका छन्। काण्डै काण्डहरू मच्काउनेहरुले देश चलाउने विदेशीको आडमा पालैपालो सरकारमा बसेर जनताको रगत पसिना दुःखमा कमिसन खाएर मोज र भोज गरिरहेको छ।
    दोरम्बा डाँडा, कटेरी महान सहिदहरु बाबुराम लामा (क पुप्प) )अम्बिका दाहाल (क ललिका ) प्रदीप दोङ (क रक्तिम ) उमा कार्की (क सहारा ) विष्णुमाया थापा मगर (क बीमा)( क बिमला)( क उमा ) हर्कबहादुर तामाङ (क यथार्थ) रवि चौहान (क समिर) श्याम तामाङ (क इनक्लाप )पदमराज गिरी (क असल) ठुलो राम तामाङ (क छोक्पा) सानो राम तामाङ ( क तारा )लक्ष्मण तामाङ (क छायाँ)( क जमिन) सोम माया थामी, युवराज मोक्तान, लिला मोक्तान ,टेकबहादुर थापा मगर( क विवेक ) चतुरमान थामी (क समर ) सहित २१ जना सहिदहरूलाई श्रध्दाञ्जली लाल सलाम। दोरम्बा हत्याकाण्ड स्मृति दिवस अवसरमा महान सहिदहरूको विषयमा अघिल्ला वर्षहरूमा पनि उहाँहरूको इतिहास योगदान घटना परिघटना चर्चा भइसकेकोले हाल वर्तमान परिस्थितिको विषयमा सम्झनाको लागि यो लेख लेखिएको छु।

    लेखक नेपका रामेछापका इन्चार्ज हुनु हुन्छ ।

    प्रतिकृया दिनुहोस्