News Portal

  • देशमा हिंसात्मक प्रदर्शनले उग्ररूप लिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा

    दोलागिरि संवाददाता२०८१ साउन २१
    ८२ पटक

    काठमाडौं । देशमा हिंसात्मक प्रदर्शनले उग्ररूप लिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।

    उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ ।  बीबीसी बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।

    बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चसो देखाएकी थिइनन् । आइतबार विरोध प्रदर्शन उग्र भएको थियो भने सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए ।

    प्रतिकृया दिनुहोस्