News Portal

  • CNAS) कलेजको कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

    दोलागिरि संवाददाता२०८१ साउन १८
    ५२१ पटक

    काठमाडौंक कोटेश्वर चोकमा अवस्थित कलेज अफ नेशनल एकेडेमी आज भन्दा विसवर्ष अघि स्थापना भएको विद्यालय हो । स्थापनाको २०औँ वर्ष पार गरिसकेको छ । यस कलेज कोटेश्वर चोकबाट ५० मिटर भित्र नोबेल बैंककसँग जोडिएको छ ।

    विगत २० वर्ष देखि +2मा होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स , बिज्नेस स्ट्डिज म्यानेजमेन्ट ,मानविकी र शिक्षाशास्त्रका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गत BBS, BA र Bed संकायमा पठनपाठन गर्दै आएको स्थापित कलेज कोटेश्वर स्थित कलेज अफ नेशनल एकेडेमी स्कवायर (CNAS) कलेज हो ।

    कलेजले नयाँ वर्षको ०८१/०८२ को लाथि आज कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ। कार्यक्रममा कलेजका अध्यक्ष सहित विभिन्न वक्ताहरुले विद्यार्थीहरुलाई कलेजमा स्वागत गर्दै शिक्षाको महत्व, आधुनीकीकरण र कलेजका आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो।

    सर्वशुलप , गुणस्तरीय र व्यवहारिक शिक्षामा पहल गर्दै आएको यस सामुदायिक कलेजप्रती विद्यार्थीहरुको आकर्षण बढदै गएको र आगामी दिन अझ थप उत्कृष्ट नतिजा सहित प्रयोगात्मक शिक्षामा जोड दिने बारे कलेजका प्राचार्य कृष्ण प्रसाद भट्टराईले विद्यार्थी तथा उपस्थित सबैलाई जानकारी गराउनु भयो। आगहामि वर्ष केलेज पढ्ने विद्यार्थीहरुलाई यो कलेज खोजि खोजि पढ्न आउने बनाउने कुरामा जोडदिनु भएको थियो ।

    प्रतिकृया दिनुहोस्