भक्तपुर, १६ साउन २०८१ । हिजो राति परेको अविरल वर्षाका कारण भक्तपुरमा हनुमन्ते नदीले अधिकांश तटीय बस्ती डुबानमा पारेका छन् । रातभर परेको पानीले हनुमन्तेको बहाव बढेर बाढी बस्तीमा पसेको हो । बाढीका कारण भक्तपुरको हनुमानघाट, जगाती, च्यामासिंह, सुर्यविनायक राममन्दिर, बाराहीस्थान र सल्लाघारी , राधेराधे आसपासका बस्तिहरु बढी प्रभावित भएका छन् ।
यसै गरि वर्षाका डुबानले तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । डा इवामुरा स्मृती अस्पतालमा पनि पानी पसेको छ भने सिद्धिस्मृती अस्पतालमा पानी पसेपछि सेवा नै ठप्प भएको छ । मध्यपुर थिमीको राधेराधे, चारदोबाटो, सागबारी, गठ्ठाघरको तल्लो बेल्ट डुबेका छन् । राधेराधेमा छ लेन सडकको सर्विस ट्रयाक नै खोलामा परिणत बन्न पुगेको छ ।
सूर्यविनायकको तज टोल मुनि र बालकोट लगायतका ठाउँमा समेत बस्ती डुबानमा परेका छन् ।यस अघि डुबानमा नपरेका बस्तीमा समेत ढलबाट खोलाको पानी पस्ता डुबानको समस्या देखिएको छ ।
हेर्नू होस तस्बिरमा