News Portal

  • यातायात व्यवसायीहरूको जारी आन्दोलन फिर्ता

    दोलागिरि संवाददाता२०८२ जेठ २१
    ३२ पटक

    काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीहरूले दुई दिनदेखिको देशव्यापी हडताल फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको बैठकपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव भरत नेपालले आन्दोलन तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको जानकारी दिए ।

    उनका अनुसार नियमावली स्थगनको औपचारिक सूचना प्राप्त भएपछि मंगलबार बेलुकादेखि नै गाडी सञ्चालन सुरु हुनेछ भने बुधबार बिहानदेखि नियमितरूपमा सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आउनेछ ।

    गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सेवा नियमनसम्बन्धी नियमावलीको विरोधमा व्यवसायीहरूले देशभर सवारी साधन ठप्प पार्दै आन्दोलन गरेका थिए। सरकारसँगको छलफलपछिको निर्णयले यात्रुहरूलाई राहत मिल्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्